दुर्गममा अझै पनि ढिके नुनको प्रयोग »

खुला रुपमा पाइने तथा बजारमा उपलब्ध हुने ढिके नुनले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने बताइन्छ । जिल्लाका अधिकांस बजारहरुमा अझै पनि आयोडिन नुन भन्दा ढिके नुन बढि पाउने गरेको पाइन्छ ।  केही गाविस बाहेकका बासिन्दाले आफुले खानका लागि पनि ढिके नुनकै प्रयोग गर्ने गरेको घाँजरीपिपल २ ढोरपिपलका व्यापारी विमला विश्वकर्माले जानकारी दिनु भयो ।
‘अहिले पनि मासिक रुपमा झन्डै १० क्विन्टल बढी ढिके नुन बिक्री हुन्छ’, व्यापारी विकले भन्नु भयो– ‘यहाँका कुपिण्डे, माझकाँडा, निगालचुला, घाँजरीपिपल लगायतका गाविसका बासिन्दामध्ये धेरैले ढिके नुन नै खान्छन् ।’ स्वास्थ्यका लागि खासै उपयुक्त नभएको भन्ने थाहा नपाउदा  ढिके नुन बिक्री वितरण गर्ने गरेको उहाँले बताउनु भयो ।
गाउँका बजारमा ढिके नुन आयोडिन युक्त नुन भन्दा बढी बिक्री हुने गरेको छ । ढोरपिपलका एक खुद्रा व्यापारीे ले भने आयोडिन युक्त नुन निकै कममात्रामा बिक्री हुने  गरेको बताए । महँगो पर्छ भनेर कसैले पनि किन्दैन, त्यसैले मैले त आयोडिन नुन निकै कम राख्छु बरु सस्तो पर्ने ढिके नुनको व्यापार राम्रो छ, उनले भने ।
जिल्लामा सल्लीबजार, वालुवा, थारमारे, लगायतका बजारहरुबाट ठूलो मात्रामा ढिके नुन खपत हुने गरेको छ ।
ढिके नुन सस्तो मूल्यमा पाइने र चलाउनलाई फारो हुने हुँदा यसको प्रयोग गर्ने गरेको स्थानीयबासीको भनाइ छ । आयोडिन युक्त नुन प्रयोग गर्नुपर्छ भन्ने चेतनाको कमीले पनि सर्वसाधारणले ढिके नुन प्रयोग गरेको अर्का व्यापारी अमर पुनले बताउनु भयो  । गाउँमा एक के.जी ढिके नुन ११ रुपैयाँमा पाइन्छ, तर आयोडिन युक्त नुन २५ रुपैयाँ पर्छ ।
भारतीय बजारबाट ल्याइने ढिके नुन सीमावर्ती बजारमा खुलै रूपमा लामो समयसम्म राखिने र नेपालका गाउँमा पठाइने गरेकाले पनि नुनमा भएको आयोडिनको मात्रा घटेर जाने गरेको छ । यसरी नेपालमा आएको नुन व्यापारीहरुले पनि खुलमखुला राखेर विक्री वितरण गर्ने गरेका छन् ।
आयोडिनको मात्रा नभएको यस्तो नुन चौपायालाई खासै लाभदायक नहुने विज्ञहरु बताउँछन् । तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले पनि सर्वसाधारणले गाई वस्तु सँगै आफूलाई पनि यही नुनको प्रयोग गर्ने गरेका हुन् । नुनमा ५० प्रतिशत आयोडिनको मात्रा हुनैपर्ने र त्यस्तो नुन मात्र मानव तथा पशु स्वास्थ्यका लागि उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।
सन्दर्भ १ सय ६ औँ महिला दिवस
 

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...